२०८३ जेठ ३० गते शनिवार | June 13, 2026

गृहपृष्ठ म्यानचेस्टर सिटीलाई पराजित गर्दै लिभरपुल एफए कपको फाइनलमा प्रवेश

म्यानचेस्टर सिटीलाई पराजित गर्दै लिभरपुल एफए कपको फाइनलमा प्रवेश

काठमाडौँ, ४ बैशाख । चिरपरिचित म्यानचेस्टर सिटीलाई ३–२ अन्तरले पराजित गर्दै लिभरपुल एफए कपको फाइनलमा प्रवेश गरेको छ ।

शनिबार वेम्बली रंगशालामा प्रिमियर लिगको शीर्षस्थानमा रहेको म्यानचेस्टर सिटीमाथि जित निकाल्दै सात पटकको च्याम्पियन लिभरपुल १० वर्षपछी उपाधी नजिक रहेको छ। । सन् २०१२ पछि लिभरपुल एफए कपको फाइनलमा प्रवेश गरेको हो ।

लिभरपुलको जितमा साडियो मानेले दुई तथा इब्राहिम कोनाटले एक गोल गरे । सिटीका ज्याक ग्रेलिस र बर्नाडो सिल्भाले गोल फर्काएपनि टोलीले हार टार्न सकेन लिभरपुलले उपाधिका लागि आइतबार साझ चेल्सी र क्रिस्टल प्यालेसबीचको विजेतासँग खेल्नेछ ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार