२०८३ वैशाख ३१ गते बिहीवार | May 14, 2026

गृहपृष्ठ आगामी सिजन च्याम्पियन्स लिगका लागि बार्सिलोनाले गर्यो आफ्नो स्थान पक्का

आगामी सिजन च्याम्पियन्स लिगका लागि बार्सिलोनाले गर्यो आफ्नो स्थान पक्का

काठमाडौं । स्पेनिस ला लिगा अन्तर्गत क्याटलान क्लब बार्सिलोनाले  स्थान पक्का आगामी सिजन च्याम्पियन्स लिगमा स्थान पक्कागरेको छ । हिजो राति रियाल बेटिसलाई २-१ अन्तरले पराजित गर्दै बार्सिलोना अघि बढेको हो। बार्सिलोनाका लागि ला लिगाको शीर्ष चारमा बस्दै आगामी सिजन च्याम्पियन्स लिगमा स्थान बनाउन बेटिसविरुद्ध तीन अंकको आवश्यक थियो ।

७६औँ मिनेटमा अंशु फातीले गोल गर्दा बार्सिलोनाले अग्रता लिएको थियो । ७९औँ मिनेटमा पूर्व खेलाडी बार्टाले बेटिसलाई खेलमा फर्काए । इन्जुरी समयको चौथो मिनेटमा जोर्डि अल्बाले गोल गर्दा बार्सिलोनाले तीन अंक पक्का गर्‍यो ।

बार्सिलोना ३५ खेलबाट ६९ अंकसहित दोस्रो स्थानमा यथावत छ । जुन तेस्रो स्थानको सेभिया भन्दा पाँच र चौथो स्थानको एट्लेटिको मड्रिड भन्दा आठ अंक बढी हो । बार्सिलोना ला लिगाको पछिल्लो १४ खेलमा अपराजित रहँदै आएको छ ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार