२०८३ असार १४ गते आइतवार | June 28, 2026

गृहपृष्ठ वाकओभरमा एलेक्सजेण्डर ज्वेभरेभलाई पछि पार्दै नाडाल फ्रेन्च ओपन टेनिसको फाइनल प्रवेश

वाकओभरमा एलेक्सजेण्डर ज्वेभरेभलाई पछि पार्दै नाडाल फ्रेन्च ओपन टेनिसको फाइनल प्रवेश

काठमाडौँ । वाकओभरमा एलेक्सजेण्डर ज्वेभरेभलाई पछि पार्दै स्पेनिस स्टार राफायल नाडाल फ्रेन्च ओपन टेनिसको फाइनलमा प्रवेश गरेका छन् ।

शुक्रबार राति फ्रान्स राजधानी पेरिसमा जर्मनीका एलेक्सजेण्डर ज्वेभरेभ दोस्रो सेटमा घाइते भएपछि वाकओभर पाउँदै नाडाल उपाधि नजिक पुगेका हुन् ।

कीर्तिमानी २१ ग्रान्डस्लाम विजेता नाडालले पहिलो सेट ७-६ (१०-८) ले जितेका थिए । तर, दोस्रो सेट ६-६ को स्थितिमा रहेको थियो । नाडालले १३ पटक फ्रेन्च ओपन जित्दै कीर्तिमान कायम गरेका छन् ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार