२०८३ असार २० गते शनिवार | July 04, 2026

गृहपृष्ठ यूइएफए नेसन्स लिग : पोर्चुगल स्विजरल्याण्डसँग १-0 गोलले पराजित

यूइएफए नेसन्स लिग : पोर्चुगल स्विजरल्याण्डसँग १-0 गोलले पराजित

काठमाडौं । स्टार खेलाडी क्रिष्टियानो रोनाल्डो बिनाको पोर्चुगल आइतबार राति यूइएफए नेसन्स लिगमा स्विजरल्यान्डसँग १-० अन्तरले पराजित भएको छ। घरेलु टोली स्विजरल्यान्डको जितमा हरिस सेफेरोभिकले पहिलो मिनेटमा गरेको गोल नै निर्णायक बन्यो। बाँकी समय दुबै टोलीले गोलका अवसर बनाएपनि सदुपयोग गर्न सकेनन्।

चोटका कारण स्टार खेलाडी रोनाल्डो भने उपस्थित रहेनन्। हारसँगै पोर्चुगलले समूह ए२ को शीर्षस्थानमा उक्लने मौका गुमायो। ४ खेलमा ७ अंक जोडेको पोर्चुगल दोस्रो स्थानमा छ। स्विजरल्यान्ड ३ अंक सहित पुछारमा छ। समान खेलबाट ८ अंक जोडेको स्पेन शीर्षस्थानमा छ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार