२०८३ वैशाख १८ गते शुक्रवार | May 01, 2026

गृहपृष्ठ नोभाक जोकोभिच गरे विम्बल्डन टेनिसको फाइनलमा प्रवेश

नोभाक जोकोभिच गरे विम्बल्डन टेनिसको फाइनलमा प्रवेश

काठमाडौँ । नोभाक जोकोभिच विम्बल्डन टेनिसको फाइनलमा प्रवेश गरेका छन् । बेलायतका क्यामरुन नोरीलाई हराउँदै शीर्ष वरीयताका जोकोभिच उपाधि नजिक पुगेका हुन् । सेन्टर कोर्टमा शुक्रबार राति जोकोभिचले नवौं वरीयताका क्यामरुनलाई २-६, ६-३, ६-२ र ६-४ को सेटमा हराए।

अब जोकोभिचले आइतबार उपाधिका लागि निक क्रिगोससँग प्रतिस्पर्धा गर्ने छन् । यसअघि, स्पेनिस टेनिस स्टार राफेल नाडाल पेटको चोटका कारण विम्बल्डनको सेमिफाइनलबाट नाम फिर्ता लिएका छन् । सेमिफाइनलमा शुक्रबार नाडालले निक किर्गियोसको सामना गर्ने तालिका थियो ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार