२०८३ साउन १२ गते मंगलवार | July 28, 2026

गृहपृष्ठ अन्तिम टी-२० खेलमा घरेलु टोली इंग्ल्यान्डसँग भारत पराजित

अन्तिम टी-२० खेलमा घरेलु टोली इंग्ल्यान्डसँग भारत पराजित

काठमाडौँ । अन्तिम टी-२० खेलमा घरेलु टोली इंग्ल्यान्डले भारतविरुद्ध १७ रनको जित निकालेको छ। यसअघि नै शृंखला भारतले आफ्नो पक्षमा पारेको थियो । तीन खेलको शृंखला भारतले २-१ ले जित्यो ।

२१६ रनको लक्ष्य पछ्याएको भारतले २० ओभरमा ९ विकेट गुमाएर १९८ रनमा समेटियो । भारतका लागि सुर्यकुमार यादवले ११७ रन बनाए। इंग्ल्यान्डका रिसी टोप्लेले ३ विकेट लिए ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको इंग्ल्यान्डले २० ओभरमा ७ विकेट गुमाएर २१५ रन बनायो । इंग्ल्यान्डका लागि डेभिड मालनले ७७ रन बनाए। भारतका हर्सल पटेल र रवी विश्नोईले समान दुई विकेट लिए ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार