२०८३ भदौ ६ गते शनिवार | August 22, 2026

गृहपृष्ठ केन्याविरुद्धको ५ खेलको टी–ट्वान्टी सिरिज नेपाललाई

केन्याविरुद्धको ५ खेलको टी–ट्वान्टी सिरिज नेपाललाई

काठमाडौँ । केन्याविरुद्धको ५ खेलको टी–२० सिरिज नेपालले जितेको छ। नैरोबीस्थित जिमखाना क्रिकेट मैदानमा आज भएको अन्तिम टी–२० खेलमा नेपालले केन्यालाई ३१ रनले पराजित गरेको हो । एक सय ७६ रनको लक्ष्यमा जवाफी ब्याटिङ गरेको केन्याले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ४४ रन बनाएको हो । केन्याको लागि नेहेम्याह ओधियाम्बोले ३७ र इरफान करिरमले २८ रन बनाए । नेपालका लागि सन्दीप लामिछाने र बसिर अहमदले २–२ तथा करन केसी, मोहम्मद आदिल आलम, र दीपेन्द्र सिंह ऐरीले १–१ विकेट लिए ।

टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर केन्यालाई १ सय ७६ रनको लक्ष्य दिएको हो । नेपालका लागि पूर्व कप्तान ज्ञानेन्द्र मल्लले ५९ रन बनाए । ओपनिङमा आएका ज्ञानेन्द्रले ४४ बलमा ५ चौका र दुई छक्का प्रहार गरे । त्यस्तै, नेपालका ओपनर अर्जुन साउदले २९ रन बनाए । मल्ल र साउदले दोस्रो विकेटका लागि ६५ रनको साझेदारी गरेका थिए । त्यस्तै, दिपेन्द्र सिंह ऐरीले २२ रन बनाए । रोहित पौडेलले २५ बलमा ४७ रनको स्कोर बनाएका थिए । केन्याका लागि नेहेमिया ओडिम्बो, सेम गोचे र भ्राज पटेलले समान २–२ विकेट लिए । दुई राष्ट्रबीचको ३ खेलको एकदिवसीय सिरिज शुक्रबार सुरु हुँदैछ ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार