२०८३ वैशाख १८ गते शुक्रवार | May 01, 2026

गृहपृष्ठ २०औं लिस्नु कप : पाल्पा ११ लाई हराउदै लिस्नु युवा क्लब क्वाटरफाइनल प्रवेश

२०औं लिस्नु कप : पाल्पा ११ लाई हराउदै लिस्नु युवा क्लब क्वाटरफाइनल प्रवेश

रुपन्देही । लिस्नु युवा क्लब, रुपन्देहीको कोटीहवामा जारी २०औं लिस्नु कप फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको छ । कोटीहवा स्थित पशुपति माविको खेलमैदानमा सम्पन्न अन्तिम प्रि क्वाटर फाइनल खेलमा आयोजक समेत रहेको लिस्नुले पाहुना टिम पाल्पा ११ लाई २–१ गोल अन्तरले पराजित गर्दै क्वाटर फाइनलमा स्थान सुरक्षित गरेको हो ।

एक नाइजेरीयन खेलाडी सहित मैदान ओर्लिएको आयोजक लिस्नुले खेलको ४४ मिनेटमा राजेन्द्र रावलले पहिलो गोल गर्दै अग्रता दिलाएका थिए । ५५ मिनेटमा विदेशी खेलाडी फोडे फुफानाले गोल थप्दै अग्रता २– ० बनाएका थिए ।

६५औं मिनेटमा पाल्पा ११ का खेलाडीलाई डि एरिया भित्र लिस्नुका रक्षकले लडाएपछि पाल्याले पेनाल्टी हान्ने अवसर प्राप्त गरेको थियो उक्त पेनाल्टीलाइ जनोम लिगलले गोलमा परिणत गर्दै गोल अन्तरलाई २–१ बनाएका थिए । पाल्पा ११ का कप्तान कुशल भण्डारीले खेलको ६८औं मिनेटमा रातो कार्ड पाएर मैदान बाहिरिएपछि १० खेलाडीमा सिमित पाल्पा ११ खेल अवाधिभर दबाबमा परेको थियो । उत्कृष्ट खेल प्रदर्शन गरे लिस्नुका हिमाल थापा म्यान अफ म्याच घोषित हुँदै ३ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्न सफल भए ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार