गृहपृष्ठ इंग्लिस प्रिमियर लिग : म्यानचेस्टर सिटीद्वारा साउथह्याम्पटन पराजित
इंग्लिस प्रिमियर लिग : म्यानचेस्टर सिटीद्वारा साउथह्याम्पटन पराजित
काठमाडौं । साविक विजेता म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिग फुटबलमा सहज जित निकालेको छ। शनिबार राति सिटीले साउथह्याम्पटनलाई ४-० गोल अन्तरले हरायो ।
सिटीको जितमा जोआओ कन्सेलो, फिल फोडेन, रियाद मेहरेज र एर्लिङ हालान्डले एक-एक गोल गरे । जितसँगै सिटीले ९ खेलबाट २३ अंक जोड्दै शीर्ष स्थानमा उक्लिएको छ । साउथह्याम्पटन ७ अंक जोडेर १६ औं स्थानमा छ।






