गृहपृष्ठ नवौं राष्ट्रिय खेलकुद फुटबल : लुम्बिनी प्रदेशलाई हराउदै त्रिभुवन आर्मी क्लबको विजयी सुरुआत
नवौं राष्ट्रिय खेलकुद फुटबल : लुम्बिनी प्रदेशलाई हराउदै त्रिभुवन आर्मी क्लबको विजयी सुरुआत
पोखरा । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलमा शुक्रबार त्रिभुवन आर्मी क्लबले लुम्बिनी प्रदेशलाई ४-१ ले पराजित गर्दै विजयी सुरुआत गरेको छ ।
पोखराको गोस्टेघाट खेल मैदानमा आर्मीको जितमा जर्ज प्रिन्स कार्की, भरत खवास, दिनेश हेन्जन र नवयुग श्रेष्ठले एक एक गोल गरे । लुम्बिनीका चेतन थारुले एक गोल फर्काए । बिहीबारबाट सुरु फुटबलमा एनआरएनए र बागमतीले विजयी सुरुआत गरिसकेका छन् ।





