२०८३ असार १७ गते बुधवार | July 01, 2026

गृहपृष्ठ नवौं राष्ट्रिय खेलकुद क्रिकेट : विभागीय टोली नेपाल पुलिस क्लब अपराजित रहँदै सेमिफाईनलमा प्रवेश

नवौं राष्ट्रिय खेलकुद क्रिकेट : विभागीय टोली नेपाल पुलिस क्लब अपराजित रहँदै सेमिफाईनलमा प्रवेश

पोखरा । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गतको महिला क्रिकेट प्रतियोगितामा विभागीय टोली नेपाल पुलिस क्लब अपराजित रहँदै सेमिफाईनलमा प्रवेश गरेको छ । पोखरामा शुक्रबार भएको खेलमा नेपाल पुलिस क्लबले लुम्बिनी प्रदेशलाई ९७ रनले पराजित गरेको हो । पुलिसले दिएको १ सय १३ रनको लक्ष्य पछ्याएको लुम्बिनी प्रदेशले १२ ओभर ५ बलमा अलआउट हुँदै १५ रन मात्र जोड्न सक्यो ।

लुम्बिनी प्रदेशका लागि कुनै पनि ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् । उसका लागि कप्तान सरस्वती जिएमले बनाएको ६ रन नै सर्वाधिक ठूलो व्यक्तिगत स्कोर रह्यो । त्यस अघि पहिले ब्याटिङ गरेको पुलिसले २० ओभरमा ७ विकेट गुमाएर १ सय १२ रन जोडेको थियो । पुलिसका लागि कविता जोशीले ४८ तथा सम्झना खड्काले २९ रन बनाइन् ।

जितसँगै पुलिस ६ अंक जोड्दै समूह ’बी’ को शीर्ष स्थानमा रहेर सेमिफाइनल पुगेको छ । महिला क्रिकेटमा ९ टोलीको सहभागिता रहेको छ । सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । समूहको शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउने छन् ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार