२०८३ असार ८ गते सोमवार | June 22, 2026

गृहपृष्ठ कतार विश्वकप : सर्बिया ब्राजिलसँग २–० गोलअन्तरले पराजित

कतार विश्वकप : सर्बिया ब्राजिलसँग २–० गोलअन्तरले पराजित

काठमाडौं । कतारमा जारी विश्वकप फुटबल प्रतियोगितामा रिचार्लिसनले उत्कृष्ट खेल प्रदर्शन गरेपछि ब्राजिलले विजयी सुरुआत गरेको छ । ब्राजिलले सर्बियालाई २–० गोलअन्तरले पराजित गर्यो । ब्राजिलका लागि दुवै गोल रिचार्लिसनले गरेका थिए । पहिलो हाफसम्म दुवै टोलीले गोलरहित खेल खेले । दोस्रो हाफमा ब्राजिलले उत्कृष्ट खेल प्रदर्शन गरेको हो।

खेलको ६३औँ मिनेटमा रिचार्लिसनले पहिलो गोल गरेका हुन् । उनले खेलको ७३औँ मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दै आफ्नो टोलीलाई विजयी दिलाए । सर्बियाका तर्फबाट पनि गोलका केही प्रयास भएका थिए । यद्दपी गोल भने हुन सकेन । समूह ‘जी’ मा रहेको ब्राजिलले जीतसागै तीन अङ्क जोडेको छ । ब्राजिल आफ्नो समूहको शीर्ष स्थानमा उक्लिएको छ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार