२०८३ वैशाख १९ गते शनिवार | May 02, 2026

गृहपृष्ठ कतार विश्वकप : फिफा विश्वकप फुटबलमा आज मंगलबार चार खेल हुँदै

कतार विश्वकप : फिफा विश्वकप फुटबलमा आज मंगलबार चार खेल हुँदै

काठमाडौं । फिफा विश्वकप फुटबलमा मंगलबार चार खेल हुँदैछन् । आज समूह चरण अन्तर्गतका अन्तिम खेल हुनेछन् । मंगलबार समूह ‘ए’ र समूह ‘बी’का दुई दुई खेल हुने तालिका छ । नेपाली समय अनुसार मंगलबार साँझ ८ः४५ बजे एउटै समयमा इक्वेडर र सेनेगल तथा नेदरल्याण्ड्स र कतारबीचको खेल हुनेछ । यो खेलबाट समूह ‘ए’ बाट अन्तिम १६ मा दुई देशको ढुंगो लाग्नेछ ।

मंगलबारको दोस्रो खेल राति १२ः४५ बजे सुरु हुनेछ । इरान र अमेरिका तथा वेल्स र इंग्ल्यान्डको खेल एउटै सयमा हुनेछ । यो खेलबाट समूह ‘बी’बाट अन्तिम १६ मा पुग्ने दुई देशको टुंगो लाग्नेछ । विश्वकपमा सहभागी ३२ राष्ट्रलाई आठ समूहमा विभाजन गरिएको छ ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार