२०८३ वैशाख २० गते आइतवार | May 03, 2026

गृहपृष्ठ अण्डर १९ विश्वकप क्रिकेटको एसियाली छनोटमा मलेशिया नेपालसँग पराजित

अण्डर १९ विश्वकप क्रिकेटको एसियाली छनोटमा मलेशिया नेपालसँग पराजित

काठमाडौँ । अण्डर १९ विश्वकप क्रिकेटको एसियाली छनोटमा नेपालले मलेशियालाई १० विकेटले पराजित गरेको छ । युएईको अज्मनमा रहेको मालेक मैदानमा भएको खेलमा मलेशियाले दिएको ७३ रनको लक्ष्य ९ ओभरमा बिना कुनै विकेटको क्षतिमा भेट्टायो ।

नेपालका लागि दिपक बोहराले २९ बलमा ३८ रन बनाए । त्यसैगरी, अर्जुन खनालले २५ बलमा २१ रन बनाए । यसअघि टस जितेर पहिले ब्याटिङ गरेको मलेशियाले ३५ ओभर ३ बलमा सबै विकेट गुमाउँदै केबल ७२ रनमा समेटियो । नेपालका लागि दिपेश कँडेलले ४ र आकाश चन्दले ३ विकेट लिए । नेपालका लागि यो लगातार चौथो जित हो ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार