२०८३ असार २० गते शनिवार | July 04, 2026

गृहपृष्ठ लियोनेल मेस्सीले जिते लाउरेस वल्ड स्पोर्ट्स अवार्डमा स्पोर्ट्स म्यानको उपाधि

लियोनेल मेस्सीले जिते लाउरेस वल्ड स्पोर्ट्स अवार्डमा स्पोर्ट्स म्यानको उपाधि

काठमाडौं । लियोनेल मेस्सीले लाउरेस वल्ड स्पोर्ट्स अवार्डमा स्पोर्ट्स म्यानको उपाधि जितेका छन् । मेस्सीका साथै उनले नेतृत्व गरेको अर्जेन्टिनाले टिम अफ द इयरको अवार्ड जित हासिल गरेको छ ।

हाल फ्रान्सेली क्लब पेरिस सेन्ट–जर्मेनमा आबद्ध मेस्सीले ‘यो विशेष सम्मान हो । म राष्ट्रिय टोलीबाट मात्र नभई पिएसजीका मेरा सबै साथीहरूलाई धन्यवाद दिन चाहन्छु । मैले एक्लै यो कुनै पनि हासिल गरेको छैन र म उनीहरूसँग सबै कुरा साझा गर्न सक्षम भएकोमा कृतज्ञ छु’ भन्दै प्रतिक्रिया दिएका छन् । गत विश्वकपको उपाधि जिताउन मुख्य भूमिका खेलेका अर्जेन्टिनाका कप्तान मेस्सीले गत विश्वकपमा गोल्डेन बल जित्न सफल भएका थिए ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार