गृहपृष्ठ शहीद स्मारक ए डिभिजन लिग फुटबलमा आज तीन खेल हुँदै
शहीद स्मारक ए डिभिजन लिग फुटबलमा आज तीन खेल हुँदै
काठमाडौँ । शहीद स्मारक ए डिभिजन लिग फुटबलमा आज तीन खेल हुँदैछन् । आज नेपाल पुलिस क्लब र न्युरोड टिम (एनआरटी), हिमालयन शेर्पा र फ्रेन्ड्स क्लब तथा मनाङ मर्स्याङ्दी क्लब र खुमलटारबीच प्रतिस्पर्धा हुनेछ । पुलिस र एनआरटी बीचको खेल दशरथ रंगशालामा दिउँसो तीन बजे हुनेछ ।
जारी लिगमा २२ खेलबाट ३१ अङ्क जोडेको पुलिस दशौँ जितको खोजीमा छ भने २९ अंक रहेको एनआरटी आठौँ जित निकाल्ने योजनामा छ । सोही समयमा च्यासल मैदानमा हिमालयन शेर्पा र फ्रेन्ड्स क्लबबीचको खेल हुनेछ । अहिलेसम्म हिमालयनले २९ अंक जोडेको छ भने फ्रेन्ड्सको २४ अंक छ । मनाङ मर्स्याङ्दी र खुमलटारको खेल भने साँझ ६ बजे दशरथ रंगशालामा सुरु हुनेछ । लिगमा मनाङले २८ अंक जोडेको छ भने खुमलटारले २४ अंक बनाएको छ ।






