२०८३ जेठ ३१ गते आइतवार | June 14, 2026

गृहपृष्ठ शहीद स्मारक “ए” डिभिजन लिग फुटबलमा आज चार खेल हुँदै

शहीद स्मारक “ए” डिभिजन लिग फुटबलमा आज चार खेल हुँदै

काठमाडौँ । शहीद स्मारक “ए” डिभिजन लिग फुटबलमा आज चार खेल हुँदैछन् । आज चर्च ब्वाइज युनाइटेड र थ्री स्टार, खुमलटार र एपीएफ, त्रिभुवन आर्मी र नेपाल पुलिस तथा सातदोबाटो र जावलाखेल युथ क्लबबीच प्रतिस्पर्धा हुनेछ ।

चर्च ब्वाइज र थ्री स्टारको खेल दिउँसो ३ बजे दशरथ रङ्गशालामा हुनेछ । जारी लिगमा २४ खेलबाट ४४ अंक जोडेको चर्च ब्वाइज शीर्ष स्थानमा रहेको छ । २८ अंक भएको थ्री स्टार १२औँ स्थानमा छ । यस्तै, खुमलटार र एपीएफ क्लबबीचको खेल च्यासल मैदानमा दिउँ ३ बजे हुनेछ । २४ खेलको समाप्ति सम्म एपीएफ ३० अंकका साथ नवौँ स्थानमा छ भने २४ अंक रहेको खुमलटार तालिकाको पुछारमा छ ।

यसैगरी, त्रिभुवन आर्मी र नेपाल पुलिसले दिउँसो ३ बजे एन्फा कम्प्लेक्स मैदान सातदोबाटोमा खेल्ने छन् । ३७ अंक रहेको पुलिस क्लब चौथो स्थानमा रहँदा आर्मी ३० अंकसहित आठौँ स्थानमा छ । यस्तै, सातदोबाटो युथ क्लब र जावलाखेल युथ क्लबबीचको खेल दशरथ रङ्गशालामा साँझ ६ बजे हुनेछ । जारी लिगमा जावलाखेल ३७ अंक जोडेर तेस्रो स्थानमा रहेको छ भने ३२ अंक जोडेको सातदोबाटो पाँचौँ स्थानमा छ ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार