२०८३ जेठ ३१ गते आइतवार | June 14, 2026

गृहपृष्ठ स्पेनले जित्यो यूईएफए नेसन्स लिग फुटबलको उपाधि

स्पेनले जित्यो यूईएफए नेसन्स लिग फुटबलको उपाधि

काठमाडौँ । यूईएफए नेसन्स लिग फुटबलको उपाधि स्पेनले जितेको छ । जर्मनीमा गए राति भएको खेलमा क्रोएसियालाई टाइब्रेकरबाट ५–४ गोलले पराजित गर्दै स्पेन च्याम्पियन बनेको हो ।

पहिलो हाफ र दोस्रो हाफ दुवैमा रोमाञ्चकारी प्रतिस्पर्धा देखिएको भए पनि निर्धारित र अतिरिक्त समयमा पनि दुवै टिमबाट कुनै गोल निस्कन सकेन । निर्धारित र अतिरिक्त समयमा पनि दुवैतर्फबाट गोल हुन नसकेपछि खेल ट्राइबेकरमा पुगेको थियो ।

ट्राइबेकरमा पुगेको खेलमा स्पेनले बाजी मार्न सफल हुँदै लिग च्याम्पियनको उपाधि हासिल गर्न सफल भएको हो । स्पेनको यो ११ वर्षपछिको पहिलो अन्तराष्ट्रिय उपाधि हो । स्पेनले पछिल्लो पटक सन् २०१२ मा युरोकप जितेको थियो । यसअघि गए राति नै भएको अर्को खेलमा नेदरल्याण्ड्समाथि ३–२ को जित निकाल्दै इटालीले नेसन्स लिगमा तेस्रो स्थान हासिल गरेको थियो ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार