२०८१ असार १ गते शुक्रवार | June 14, 2024

गृहपृष्ठ नेदरल्याण्डका आर्ने स्लट लिभरपुलको प्रशिक्षकमा नियुक्त

नेदरल्याण्डका आर्ने स्लट लिभरपुलको प्रशिक्षकमा नियुक्त

काठमाडौं । लिभरपुलको प्रशिक्षकमा नेदरल्याण्डका आर्ने स्लट नियुक्त भएका छन् । लिभरपुलले स्लटलाई आफ्नो नयाँ प्रशिक्षकमा नियुक्त गरेको घोषणा गरेको हो । उनले जुन १ देखि आफ्नो पद सम्हाल्ने लिभरपुलले बताएको छ । स्लटसँग तीन बर्षको सम्झौता भएको जनाइएको छ ।

४५ वर्षका स्लटले लिभरपुलमा जर्गेन क्लोपको स्थान लिने छन् । जर्गेनले लिभरपुलमा ९ वर्ष प्रशिक्षकको रुपमा बिताएर क्लब छोडेका छन् । यस अवधिमा उनले लिभरपुललाई एक प्रिमियर लिग र एक च्याम्पियन्स लिग जिताएका थिए ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार