२०८३ साउन २८ गते बिहीवार | August 13, 2026

गृहपृष्ठ नेपालले बहराइनसँग भदौ १५ गते पहिलो खेल खेल्दै एसीसी प्रिमियर कप सुरुवात गर्ने

नेपालले बहराइनसँग भदौ १५ गते पहिलो खेल खेल्दै एसीसी प्रिमियर कप सुरुवात गर्ने

काठमाडौँ । एसियाली क्रिकेट काउन्सिल (एसिसी) ले एसीसी प्रिमियर कपको संशोधित खेल तालिका सार्वजनिक गरेको छ। नयाँ तालिकाअनुसार नेपालले भदौ १५ गते बहराइनसँग प्रतिस्पर्धा गर्दै प्रतियोगितामा आफ्नो यात्रा सुरु गर्नेछ।

समूह चरणमा नेपालले चार खेल खेल्नेछ। पहिलो खेलपछि नेपाली टोलीले भदौ १८ गते मलेसियासँग प्रतिस्पर्धा गर्नेछ। त्यसपछि भदौ २१ गते साउदी अरेबिया र भदौ २३ गते हङकङ, चीनसँग समूह चरणको खेल खेल्ने तालिका छ।

समूह चरणबाट अघि बढ्ने टोलीका लागि दुवै सेमिफाइनल भदौ २५ गते आयोजना हुनेछन्। प्रतियोगिताको तेस्रो स्थानको खेल तथा फाइनल भदौ २७ गते खेलाइने एसिसीले जनाएको छ। नयाँ तालिकासँगै नेपालले समूह चरणमा चार फरक टोलीसँग प्रतिस्पर्धा गर्दै सेमिफाइनलको यात्रा तय गर्ने अवसर पाउनेछ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार