गृहपृष्ठ आज देशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा हुने
आज देशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा हुने
काठमाडौँ । आज देशभरको मौसममा सामान्य बदली हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
देशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ । प्रदेश नं १, २, बागमती र गण्डकी प्रदेशका एक दुई स्थानमा मेघ गर्जनरचट्याङ्ग सहित भारी वर्षाको सम्भावना रहेको महाशाखाको पूर्वानुमान छ ।
यस्तो छ आगामी तीन दिनको मौसम पूर्वानुमान
२०७८ भदौ १८ गते (शुक्रबार)
दिउँसोस् देशभर सामान्य बदली रही धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश नं १, २, बागमती र गण्डकी प्रदेशका एक वा दुई स्थानमा मेघ गर्जनरचट्याङ्ग सहित भारी वर्षाको सम्भावना रहेको छ।
रातिस् देशभर सामान्य बदली रही केही स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। बागमती प्रदेश र गण्डकी प्रदेशका एक वा दुई स्थानमा मेघ गर्जनरचट्याङ्ग सहित भारी वर्षाको सम्भावना रहेको छ।
२०७८ भदौ १९ गते (शनिबार)
दिउँसोस् देशभर सामान्य बदली रही धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश १ र गण्डकी प्रदेशका एक वा दुई स्थानमा मेघ गर्जनरचट्याङ्ग सहित भारी वर्षाको सम्भावना रहेको छ।
रातिस् देशभर सामान्य देखि पूर्ण बदली रही केही स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। । प्रदेश २ र गण्डकी प्रदेशका एक वा दुई स्थानमा मेघ गर्जनरचट्याङ्ग सहित भारी वर्षाको सम्भावना रहेको छ।
२०७८ भदौ २० गते (आइतबार)
दिउँसोस् देशभर सामान्य बदली रही धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश १ का एक वा दुई स्थानमा मेघ गर्जनरचट्याङ्ग सहित भारी वर्षाको सम्भावना रहेको छ ।
रातिस् देशभर सामान्य देखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका एक वा दुई स्थानमा मेघगर्जन र चट्याङ्ग सहित भारी वर्षाको सम्भावना रहेको छ ।





