२०८३ असार ११ गते बिहीवार | June 25, 2026

गृहपृष्ठ मौसम अपडेटः आगामी तीन दिन देशभर मेघ गर्जनसहित वर्षाको सम्भावना

मौसम अपडेटः आगामी तीन दिन देशभर मेघ गर्जनसहित वर्षाको सम्भावना

काठमाडौँ,२० असोज । भारतको विहार तथा आसपासतिर अवस्थित न्यून चापीय क्षेत्रको प्रभाव नेपालमा जारी छ । जसका कारण देशभर आंशिकदेखि सामान्य बदली भइरहेको छ ।

जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले आज (बुधवार) बिहान आगामी तीन दिनको मौसम पूर्वानुमान बुलेटिन जारी गर्दै यस्तो जानकारी दिएको हो ।

विभागका अनुसार आज देशभर आंशिकदेखि सामान्य बदली रही कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानहरूमा र बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङ्सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

भोलि (बिहीबार) देशभर आंशिकदेखि सामान्य बदली रही थोरै स्थानहरूमा मेघगर्जन र चट्याङ्सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको बताइएको छ ।

पर्सी (शुक्रवार) पनि देशभरको मौसम आंशिकदेखि सामान्य बदली रही प्रदेश १, वाग्मती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा हल्का वर्षाको सम्भावना रहेको छ ।

उक्त स्थानहरूका पहाडी भू-भागहरूमा भू–क्षय, पहिरो तथा गेग्रान बहावको जोखिमसँगै नदीनाला र खहरे खोलामा पानीको सतह बढ्न सक्ने भएकोले सतर्कता अपनाउन विभागले अनुरोध गरेको छ ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार