२०८३ वैशाख ५ गते शनिवार | April 18, 2026

गृहपृष्ठ आइतबारदेखि मौसममा सुधार हुने, देशभर आंशिक बदली रहने

आइतबारदेखि मौसममा सुधार हुने, देशभर आंशिक बदली रहने

काठमाडाैं । विगत केही दिनयतादेखि पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले प्रभावित मौसम क्रमिक सुधार हुँदै गएकाे छ ।हिजो रातिबाट सो प्रणाली कमजोर हुँदै गएकाले आइतबारदेखि मौसममा सुधार हुने देखिएको जल तथा मौसम विज्ञान विभागका मौसमविद् प्रतिभा मानन्धरले जानकारी दिनुभयो ।

“आइतबारदेखि दुई–तीन दिन मौसम सुधार हुने र बुधबार बिहीबारदेखि पुनः अर्को मौसमी प्रणाली विकसित हुने सम्भावना देखिएको छ”, उहाँले भन्नुभयो ।आइतबार राति प्रदेश नम्बर १, मधेश प्रदेश र बागमती प्रदेशमा आंशिकदेखि सामान्य बदली रही देशका अन्य प्रदेशका पहाडी भूभागमा आंशिक बदली रहनेछ ।

तराईका भूभागमा मौसम सामान्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आइतबार देशभर आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने महाशाखाले औँल्याएको छ ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार