२०८३ असार १७ गते बुधवार | July 01, 2026

गृहपृष्ठ मौसम अपडेट : आज र भोलीको देशभरको मौसम यस्तो रहनेछ

मौसम अपडेट : आज र भोलीको देशभरको मौसम यस्तो रहनेछ

काठमाडौं । हाल देशमा उल्लेखनीय मौसमी प्रणाली छैन । मौसम पूर्वानुमान महाशाखाका अनुसार बिहान प्रदेश १ र मधेस प्रदेशमा आंशिकदेखि सामान्य बदली छ । बाँकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही अन्य भु-भागमा मौसम सामान्यतया सफा छ ।

दिउँसो पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने आँकलन मौसम पूर्वानुमान महाशाखाले गरेको छ । राति सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा आंशिक बदली रही अन्य भू-भागमा मौसम सामान्यतया सफा रहने छ ।

बिहीबार सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका पहाडी भूभागमा अपराह्नपछि एक-दुई स्थानमा मेघगर्जन र चट्टयाङसहित हल्का वर्षाको सम्भावना छ । कर्णाली प्रदेश, गण्डकी प्रदेश र प्रदेश १ का एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार