२०८३ जेठ १० गते आइतवार | May 24, 2026

गृहपृष्ठ मौसम अपडेट : यस्तो रहनेछ आज र भोलिको देशभरको मौसम ?

मौसम अपडेट : यस्तो रहनेछ आज र भोलिको देशभरको मौसम ?

काठमाडौँ । नेपालमा न्यून चापीय रेखासँगै स्थानीय वायुको प्रभाव रहेको छ । बिहान सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र प्रदेश १ सँगै देशका अन्य पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली छ ।

दिउँसो गण्डकी, बागमती र प्रदेश १ का थोरै स्थान तथा बाँकी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित क्षणिक वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

राति प्रदेश १ र गण्डकीका एक वा दुई स्थानमा क्षणिक र हल्का वर्षाको आँकलन गरिएको छ ।

शनिबार पहाडी भू-भागका एक-दुई स्थानमा मेघ गर्जन र चट्याङसहित क्षणिक र हल्का वर्षाको सम्भावना रहेको महाशाखाले बुलेटिनमा उल्लेख गरेको छ ।

राति प्रदेश १ का एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना छ ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार