गृहपृष्ठ मौसम अपडेट : हेर्नुहोस् देशभर कहाँ कहाँको मौसम कस्तो रहनेछ ?
मौसम अपडेट : हेर्नुहोस् देशभर कहाँ कहाँको मौसम कस्तो रहनेछ ?
काठमाडौँ । स्थानीय वायु तथा पश्चिम वायुको प्रभाव देशको पहाडी भू-भागमा परेको छ । बुधबार बिहान पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली छ ।
दिउँसो गण्डकी र प्रदेश १ का पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रहने तथा बागमती र मधेशमा आंशिक बदली रहने आँकलन मौसम पूर्वानुमान महाशाखाको छ ।
प्रदेश १ का पहाडी भू-भागका केही स्थान र गण्डकी, बागमती र मधेस प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन र चट्याङसहित क्षणिक र हल्का वर्षाको सम्भावना छ ।
राति प्रदेश १ का पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ ।
भोलि बिहीबार बागमती र प्रदेश १ का पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रहने अनुमान गरिएको छ ।
महाशाखाका अनुसार बागमती र प्रदेश १ का पहाडी भू-भागका थोरै स्थान र बाँकी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा मेघ गर्जन र चट्याङसहित क्षणिक र हल्का वर्षाको सम्भावना रहेको महाशाखाले बुलेटिनमा उल्लेख गरेको छ।





