२०८३ वैशाख ८ गते मंगलवार | April 21, 2026

गृहपृष्ठ मौसम अपडेट : हेर्नुहोस् कस्तो रहनेछ आज देशभरको मौसम ?

मौसम अपडेट : हेर्नुहोस् कस्तो रहनेछ आज देशभरको मौसम ?

काठमाडौँ । नेपालमा स्थानीय वायु, भारतको उत्तर प्रदेश, बिहार, पश्चिम बंगाल आसपास रहेको न्यून चापीय रेखा र पश्चिमी वायुको प्रभाव रहेको छ।

बिहान बागमती र गण्डकीका एक-दुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षा भएको छ ।दिउँसो देशका केही स्थानमा मेघ गर्जन, चट्याङ र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

राति लुम्बिनी प्रदेशका केही तथा कर्णाली प्रदेशका पहाडी भू-भागका एक-दुई वर्षाको सम्भावना छ।मंगलबार सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकीका केही र अन्य प्रदेशका पहाडी भू-भागका थोरै स्थानमा हावाहुरीसहित वर्षाको सम्भावना रहेको छ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार