२०८३ वैशाख १९ गते शनिवार | May 02, 2026

गृहपृष्ठ मौसम अपडेट : आज यी चार प्रदेशमा मेघगर्जन र चट्याङसहित बर्षाको सम्भावना

मौसम अपडेट : आज यी चार प्रदेशमा मेघगर्जन र चट्याङसहित बर्षाको सम्भावना

काठमाडौं । आज (सोमबार) पनि देशका चार प्रदेशमा मेघगर्जन र चट्याङसहित बर्षाको सम्भावना रहेको मौसमविदले बताएका छन् । नेपालको पूर्वी भू-भागमा मनसुनी वायुको सामान्य प्रभाव छ । पश्चिमी भू-भागमा स्थानीय वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

अहिले प्रदेश नम्बर-१, वागमती प्रदेश र गण्डकी प्रदेशमा सामान्य बदली र बाँकी भू-भागहरूमा आंशिक बदली छ । प्रदेश-१, वागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा वर्षा भइरहेको छ ।

महाशाखाका अनुसार आज दिउँसो प्रदेश-१, मधेस प्रदेश, वागमती र गण्डकी प्रदेशमा सामान्य बदली रहनेछ । बाँकी भूभागमा आंशिक बदली रहने छ । प्रदेश-१, वाग्मती र गण्डकीका केही स्थान तथा मधेस प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

राति प्रदेश-१, मधेस, वागमती र गण्डकी प्रदेशमा सामान्य बदली तथा बाँकी भू-भागमा आंशिक बदली रहने छ । प्रदेश-१, मधेस, वाग्मती र गण्डकी प्रदेशका केही स्थानहरूमा र बाँकी प्रदेशहरूका पहाडी भू-भागका एक/दुई स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार