२०८३ असार २० गते शनिवार | July 04, 2026

गृहपृष्ठ मौसम अपडेट : आज मुलुकका विभिन्न भू-भागमा वर्षाको सम्भावना

मौसम अपडेट : आज मुलुकका विभिन्न भू-भागमा वर्षाको सम्भावना

काठमाडौं । आज मुलुकका विभिन्न भू-भागमा वर्षाको सम्भावना छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार पछिल्लो २४ घन्टामा प्रदेश १, मधेश, बागमती र गण्डकी प्रदेशका केही तथा अन्य प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

प्रदेश १, मधेश र बागमतीका एक वा दुई स्थानमा भारी वर्षाको आँकलन पनि गरिएको छ। ती प्रदेशका पहाडी भू-भागमा पहिरो तथा गेग्रान बहाव र खहरे खोलामा बाढीको चेतावनी पनि दिइएको छ।

आज दिउँसो प्रदेश १, बागमती र गण्डकीका केही तथा मधेश प्रदेश लगायत बाँकी प्रदेशका पहाडी भू-भागका थोरै स्थानमा वर्षाको सम्भावना छ।

राति प्रदेश १, मधेश र गण्डकीका एक वा दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार