२०८३ वैशाख ९ गते बुधवार | April 22, 2026

गृहपृष्ठ मौसम अपडेट : यस्तो रहनेछ आज देशभरको मौसमी अवस्था

मौसम अपडेट : यस्तो रहनेछ आज देशभरको मौसमी अवस्था

काठमाडौं । बिहीबार मुलुकका केही प्रदेशका पहाडी भेगमा वर्षाको सम्भावना रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका पहाडी भूभागका थोरै स्थान र बाँकी भूभागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।

पश्चिमी क्षेत्रमा पश्चिमी वायुको सामान्य प्रभाव रहेकाले मौसम बदलीसँग केही क्षेत्रमा हल्का वर्षा हुने गरेको हो । महाशाखाका अनुसार राति पहाडी भूभागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । शुक्रबार पनि गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका पहाडी भूभागका थोरै स्थान तथा बाँकी भूभागका एक(दुई स्थानमा हल्का वर्षाको हुनसक्ने महाशाखाले अनुमान गरेको छ ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार