२०८३ असार ९ गते मंगलवार | June 23, 2026

गृहपृष्ठ आजको देशभरको मौसमी अवस्था

आजको देशभरको मौसमी अवस्था

काठमाडौं । नेपालमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो पहाडी भूभागमा आंशिक बदली रहने सम्भावना छ भने बाँकी क्षेत्रमा मौसम सामान्यतया सफा रहनेछ।

पहाडी भूभागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना पनि रहेको छ। राति देशभर आंशिक बदलीदेखि मौसम सफा रहनेछ। बुधबार सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकीका थोरै स्थान तथा र बाँकी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षाको आकलन गरिएको छ। राति सुदूरपश्चिम र कर्णालीका पहाडी भू-भागका एकदुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार