२०८३ असार ३ गते बुधवार | June 17, 2026

गृहपृष्ठ हेर्नुहोस् कस्तो रहनेछ देशभर आजको मौसम

हेर्नुहोस् कस्तो रहनेछ देशभर आजको मौसम

काठमाडौं । अहिले देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ। पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली छ भने बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो प्रदेश १, गण्डकी र कर्णालीका पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना छ। हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपात हुनसक्ने ठानिएको छ।

राति प्रदेश १, गण्डकी र कर्णालीका हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना छ। बिहीबार प्रदेश १ र गण्डकी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षाको प्रक्षेपण महाशाखाले गरेको छ। हिमाली भू-भागका एक-दुई स्थान हल्का हिमपातको सम्भावना छ। पर्वतारोहण र पद यात्रा गर्दा सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार