गृहपृष्ठ कस्तो रहनेछ आज देशभरको मौसमी अवस्था ? हेर्नुहोस्
कस्तो रहनेछ आज देशभरको मौसमी अवस्था ? हेर्नुहोस्
काठमाडौं । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार आज प्रदेश १ र गण्डकीका एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना छ।
प्रदेश १, बागमती र गण्डकीका हिमाली भू९भागका एक वा दुई स्थानमा हल्का हिमपातको पनि आकलन गरिएको छ। महाशाखाका अनुसार राति प्रदेश १ र गण्डकीका हिमाली भूभागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना छ। शुक्रबार प्रदेश १, बागमती र गण्डकीका पहाडी भूभागमा आंशिक बदली रहनेछ भने बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने छ।





