२०८३ वैशाख ८ गते मंगलवार | April 21, 2026

गृहपृष्ठ देशभरको आजको मौसम यस्तो रहनेछ

देशभरको आजको मौसम यस्तो रहनेछ

काठमाडौं । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो प्रदेश १, बागमती र गण्डकीका पहाडी भू-भागमा आंशिक बदलीको सम्भावना छ । बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ ।

राति प्रदेश १ र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रहनेछ । शनिबार सुदूरपश्चिम, कर्णाली र प्रदेश १ का पहाडी भूभागमा आंशिक बदलीको सम्भावना छ । महाशाखाका अनुसार पछिल्ला दुई दिनमा प्रदेश १ र गण्डकीका एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना छ । प्रदेश १, बागमती र गण्डकीका हिमाली भू-भागका एक वा दुई स्थानमा हल्का हिमपातको पनि आकलन गरिएको छ । महाशाखाले पर्वतारोहण र पदयात्रामा जाँदा सतर्कता अपनाउन भनेको छ ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार