गृहपृष्ठ आजको देशभरको मौसमी अवस्था यस्तो रहनेछ
आजको देशभरको मौसमी अवस्था यस्तो रहनेछ
काठमाडौं । हाल देशमा उल्लेखनीय मौसमी प्रणाली छैन। पहाडी भू-भागका थोरै स्थानमा आंशिक बदली रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो प्रदेश १, मधेश, बागमती र गण्डकीमा आंशिक बदलीको सम्भावना छ।
बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। राति प्रदेश १, मधेश र बागमतीमा आंशिक बदलीको आकलन गरिएको छ। शनिबार देशभर मौसम सामान्यतया सफा रहने सम्भावना छ।






