गृहपृष्ठ आजको देशभरको मौसमी अवस्था यस्तो रहनेछ
आजको देशभरको मौसमी अवस्था यस्तो रहनेछ
काठमाडौं । हाल देशमा उल्लेखनीय मौसमी प्रणाली छैन । तराईमा हुसु लागेको छ भने पहाडी भू-भागमा आंशिक बदली छ । दिउँसो प्रदेश १, बागमती र गण्डकीका पहाडी भू-भागमा आंशिक बदलीको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश १ को पहाडी भू-भागको एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । राति पहाडी भू-भागमा आंशिक बदलीको आकलन गरिएको छ । शनिबार प्रदेश १, बागमती र गण्डकीका पहाडी भू-भागमा आंशिक बदलीको सम्भावना छ । प्रदेश १ र गण्डकीका पहाडी भू-भागको एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।






