२०८३ वैशाख ६ गते आइतवार | April 19, 2026

गृहपृष्ठ यस्तो रहनेछ आज दिनभर देशभरको मौसमी अवस्था

यस्तो रहनेछ आज दिनभर देशभरको मौसमी अवस्था

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाका अनुसार न्यून चापीय प्रणालीका कारण मुलुकका केही क्षेत्रमा वर्षाको सम्भावना पनि छ। दिउँसो प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनीमा आंशिकदेखि सामान्य बदलीको सम्भावना छ। प्रदेश १, बागमती र गण्डकीका पहाडी भूभागको एक(दुई स्थानमा हल्का वर्षाको पनि आकलन महाशाखाले गरेको छ।

त्यस्तै, प्रदेश १, बागमती र गण्डकीका उच्च पहाडी भूभागका एक-दुई स्थानमा हल्का हिमपातको पनि प्रक्षेपण गरिएको छ। राति प्रदेश १, बागमती र गण्डकीका उच्च पहाडी भूभागका एक-दुई स्थानमा हल्का हिमपातको आकलन गरिएको छ।

सोमबार प्रदेश १, बागमती र गण्डकीका पहाडी भूभागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। प्रदेश १, बागमती र गण्डकीका उच्च पहाडी भूभागको एक(दुई स्थानमा हल्का हिमपातको पनि आकलन महाशाखाले गरेको छ। तराईका केही भूभागमा बिहानदेखि नै हुस्सु लागेको छ। पूर्व र पश्चिम तराईका केही स्थान तथा मध्य तराईका धेरै स्थानमा हुस्सु लागेको महाशाखाले जनाएको छ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार