२०८३ असार ८ गते सोमवार | June 22, 2026

गृहपृष्ठ देशभरको आजको मौसमी अवस्था यस्तो रहनेछ

देशभरको आजको मौसमी अवस्था यस्तो रहनेछ

काठमाडौं । देशमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको छ। बिहान तराई क्षेत्रमा हुस्सु लागेको छ भने पहाडी क्षेत्रमा बदली छ। दिउँसो कर्णाली र सुदूरपश्चिम लगायत अन्य प्रदेशका पहाडी भू-भागमा आंशिक बदलीको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

प्रदेश १ र गण्डकीका हिमाली भूभागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना पनि छ। राति पहाडी भू-भागमा आंशिक बदली हुने र प्रदेश १ का हिमाली भू-भागका एक वा दुई स्थानमा हल्का हिमपातको आकलन महाशाखाले गरेको छ। बुधबार प्रदेश १, बागमती र गण्डकीका पहाडी भू-भागमा आंशिक बदलीको सम्भावना छ। प्रदेश १ को हिमाली भू-भागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार