२०८३ जेठ ३१ गते आइतवार | June 14, 2026

गृहपृष्ठ आज देशभरको मौसमी अवस्था यस्तो छ

आज देशभरको मौसमी अवस्था यस्तो छ

काठमाडौं । हाल देशमा स्थानीय वायु तथा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी क्षेत्रमा आंशिक बदली भइरहेको छ। बाँकी भागमा मौसम सामान्यतया सफा रहेको छ । दिउँसो देशको पहाडी भू-भागमा आंशिक बदली भएर अन्य भागमा मौसम सामान्यतया सफा रहने छ।

कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भागका एक दुई स्थानमा मेघ गर्जन र चट्याङ्गसहित क्षणिक वा हल्का वर्षाको सम्भावना रहेको छ। देशका तराई क्षेत्रका केही स्थानहरूमा सामान्य हावाहुरीको सम्भावना रहेको छ।

राती भने देशको पहाडी भू-भागका आंशिक बदली रही बाँकी भागमा मौसम सामान्यतया सफा रहने छ। सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका पहाडी भागका एक दुई स्थानमा मेघ गर्जन र चट्याङ्गसहित क्षणिक वा हल्का वर्षाको सम्भावना रहेको छ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार