गृहपृष्ठ मौसम अपडेट : आज देशभरको मौसम सामान्यदेखि पूर्ण बदली रहने
मौसम अपडेट : आज देशभरको मौसम सामान्यदेखि पूर्ण बदली रहने
काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले नेपालमा मनसुनी वायुको साथै विहार आसपासमा रहेको न्यून चापीय प्रणालीको प्रभाव रहेको जनाएको छ। मनसुनको न्यून चापीय रेखा सरदर भू-भाग भन्दा उत्तरतिर (नेपाल नजिक) अवस्थित रहेको छ। महाशाखाका अनुसार हाल देशभर सामान्यदेखि पूर्ण बदली रही मधेश, बागमती र कर्णाली प्रदेशका थोरै तथा बाँकी प्रदेशका एक-दुई भू-भागहरूमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ।
दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। सबै प्रदेशका केही भू-भागहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन र चट्याङ्गसहित भारी वर्षाको समेत सम्भावना रहेको छ।
राती भने देशभर सामान्य बदली रहनेछ। कोशी र लुम्बिनी प्रदेशका केही र बाँकी प्रदेशको थोरै भू-भागहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन र चट्याङ्गसहित भारी वर्षाको समेत सम्भावना रहेको छ। सबै प्रदेशका केही भू-भागहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, मधेश, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक-दुई भू-भागमा मेघगर्जन र चट्याङ्गसहित भारी वर्षाको समेत सम्भावना रहेको छ।





