गृहपृष्ठ आज दिनभर देशभरको मौसमी अवस्था यस्तो रहनेछ
आज दिनभर देशभरको मौसमी अवस्था यस्तो रहनेछ
काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले अहिले देशभर आंशिकदेखि सामान्य बदली रही कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षा भइरहेको जनाएको छ।
दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। देशका पहाडी भू-भागका केही स्थानमा र बाँकी भू-भागका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। राती भने देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशको थोरै स्थानहरूमा र बाँकी भू-भागको एक-दुई स्थानमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। देशका पहाडी भू-भागका केही स्थानमा र बाँकी भू-भागको थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।






