२०८३ असार ११ गते बिहीवार | June 25, 2026

गृहपृष्ठ जान्नुहोस् प्याज काट्दा किन आँशु आउँछ ?

जान्नुहोस् प्याज काट्दा किन आँशु आउँछ ?

काठमाडौं । प्याज काट्दा आँशु आउँने कुरा त हामी सबैलाई थाहा भएको कुरा हो । सायद प्याज काट्दा नरुने, अथवा आँशु नझार्ने व्यक्ति कमै होलान् । प्याज काट्न सुरु गर्ने बित्तिकै सबैलाई रुन मन लाग्छ । त्यसमा पनि काटेको प्याज छोपेको हातले आँशु पुछ्दा झन बढि पीडा भोग्नुपर्ने हुन्छ ।

प्याज काट्दा किन आँशु आउँछ ? तपाईले कहिले सोच्नु भएको छ ? अध्ययनकर्ताहरुका अनुसार प्याजमा “Thayopropelin Sulphur Oxide”  नामक रसायन हुन्छ, जसले गर्दा आँखामा रहेको लेत्र्राईमल ग्ल्यान्डलाई उत्तेजित बनाउँछ जसका कारण आँखाबाट आँशु बहन थाल्छ ।

प्याजमा एमिनो एसिड र सल्फेनिक एसिड पाइन्छ । जसका कारण प्याज काट्ने यी दुई एसिड मिक्स भई सल्फर ग्यास बन्छ । यो ग्यास आँखामा पुग्छ । त्यही सल्फर एसिडका कारण प्याज काट्दा आँखामा आँशु आउँछ ।

इन्जाइम र सल्फेनिक एसिड मिलेर प्रोपेनथायोल एस अक्साइड बन्छ जुन सल्फरको अस्थिर रुप हो , र यो चाँडैनै हावामा मिसिन्छ र यो अक्साइडले आँखामा भएको पानीसँग प्रतिक्रिया गर्दछ , तब सल्फ्यसरिक एसिड पैदा हुन्छ । जुन एसिडले गर्दा आँखा पोलेको महशुश हुन्छ र उक्त एसिडलाई पखाल्नका लागि आँशु निस्कन्छ ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार