गृहपृष्ठ सैनामैना जेसिज सप्ताहा सुरु,पहिलो दिन पुष्परोपण र शैक्षिक तथा खाधन्न सामाग्री हस्तान्तरण
सैनामैना जेसिज सप्ताहा सुरु,पहिलो दिन पुष्परोपण र शैक्षिक तथा खाधन्न सामाग्री हस्तान्तरण
सैनामैना जेसिजले जेसिज सप्ताहा आज देखि आरम्भ गरेको छ । सैनामैना जेसिजको बार्षिक कार्यक्रम अन्र्तगत जेसिज सप्ताहा सुरु गरेको हो । सप्ताहाको पहिलो दिन पुष्प रोपण गरिएको छ । नेपालीहरुको महानपर्व वडादशैको अवसरमा मुर्गिया स्थित नवदुर्गा मन्दिरको परिसर भरि पुष्प रोपिएको हो । यस्तै कोभिड १९बाट मृत्यु भएका नेपालका पहिला ब्यक्ति बाबुराम थापाको परिवारलाई शैक्षिक तथा खाधन्न सामाग्री हस्तान्तरण गरिएको जेसिजका महासचिब यदुनन्द भण्डारीले जानकारी दिए । यसैगरि २२ गते सम्म चल्ने सप्ताहामा कोरोना अस्थायी अस्पतालमा औषधि वितरण,रक्तदान कार्यक्रम,पब्लिक स्पीकिङ,ब्यवसायीहरु विच अन्र्तक्रिया र मैत्रिपुर्ण फुटबल प्रतियोगिता हुने जनाइएको छ ।
कार्यक्रम सैनामैना जेसिजका अध्यक्ष सिता क्षेत्रिको अध्यक्षता,वडा न।३का वडा अध्यक्ष रत्न बहादुर पौडेलको प्रमुख आतिथ्यता तथा नवदुर्गा मन्दिर ब्यवस्थापन समितिका अध्यक्ष प्रेम बहादुर बानियाँको विशिष्ट आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।कार्यक्रममा बोल्दै वडा न।३का वडा अध्यक्ष रत्न बहादुर पौडेले सैनामैना जेसिजले सामाजिक क्षेत्रमा उदारणीय कार्य गरेको बताउनुभएको छ । विषम परिस्थितिमा पनि युवाहरुको क्षेत्र संगै मानविय क्षेत्रमा अतुलनिय काम गरेको दावि गर्दै यो अभियानलाई दिर्घकालिनता दिन आग्रह पौडेलले गर्नुभयो । नगरपालिका संग सहकार्य गरि धेरै काम गरेको औल्याउनुभयो ।
यस्तै कार्यक्रममा सैनामैना जेसिवका पुर्व अध्यक्ष विमल ज्ञवाली,कञ्चन जेसिजका सस्थापक अध्यक्ष चुरामणि पौडेल,इलाका प्रहरी कार्यालय रन्यौराका प्रहरी निरिक्षक मनोज कुमार श्रेष्ठ लगायतले बोल्नुभएको थियो । कार्यक्रममा जेसिजका कार्यकारिणी उपाध्यक्ष मित्रमणी खनालको स्वागत तथा महासचिब यदुनन्द भण्डारीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको हो ।






