२०८३ वैशाख ४ गते शुक्रवार | April 17, 2026

गृहपृष्ठ धितोपत्रको दोस्रो बजार बुधवारदेखि पुन : नियमित खुल्ने

धितोपत्रको दोस्रो बजार बुधवारदेखि पुन : नियमित खुल्ने

वडादशैको अवसरमा बन्द भएको धितोपत्रको दोस्रो बजार बुधवारदेखि पुन : नियमित खुल्ने भएको छ । धितोपत्रको दोस्रो बजार गत बिहीवारको कारोबार दिनसम्म संचालन भएको थियो । वडादशैको अवसरमा गत शुक्रवारदेखि बन्द भएको धितोपत्रको दोस्रो बजार बुधवारदेखि पुनः संचालन हुने नेपाल स्टक एक्सचेञ्ज लिमिटेडले बताएको छ ।

वडादशै अघि गत बिहीवारको अन्तिम कारोबार दिन नेप्से परिसूचक १ हजार ६०६ दशमलव २५ विन्दुमा पुगेर बन्द भएको थियो । बिहीवारको कारोबार दिनमा १८७ ओटा कम्पनीको ६४ लाख ५७ हजार ८३३ कित्ता शेयर ३० हजार ३२८ पटकमा रू. १ अर्ब ९९ करोड ४५ लाख ४३ हजार बराबरको शेयर खरीदविक्री भएको थियो ।

पछिल्लो समय वाणिज्य बैंकहरुले लाभांश वितरण गर्ने प्रस्ताव गर्न लागेसँगै शेयर बजारको कारोबार बढ्दै गएको छ । लामो समयपछि नेप्सेले पुनः १ हजार ६०० को मनोबैज्ञानिक विन्दु पार गरेको छ । यति बेला बैंकहरुले ब्याजदर घटाउँदै गएको र निक्षेपमा पनि ब्याजदर न्यून पाइने भएकाले पनि शेयर बजारमा आकर्षण बढेको एक लगानीकर्ताले  बताए ।

@arthickabhiyan

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार