२०८३ वैशाख ३ गते बिहीवार | April 16, 2026

गृहपृष्ठ हाजिरी जवाफ प्रतियोगिता सम्पन्न

हाजिरी जवाफ प्रतियोगिता सम्पन्न

पश्चिम् नवलपरासीको सरावल गाउपालिका वडा न. ४ बड्सारेमा हाजिरी जवाफ प्रतियोगिता सम्पन्न भएको छ । “बनाउ बालमैत्री गाउपालिकाको पहिचान, चलाउ बाल संरक्षणको अभियान भन्ने मुल नाराको साथ सरावल गाउपालिका अन्तर्गत हाजिरी जवाफ प्रतियोगिता कार्यक्रम सम्पन्न भएको छ ।

सरावल गाउपालिका वडा न. ४ स्तरीय बाल संजाल तथा न्यायीक सरोकार संस्था,नवलपरासीको सन्युक्त आयोजना तथा सरावल गाउपालिका वडा न. ४ को कार्यालयको सहयोग एवम् सरावल गाउपालिका स्तरीय सन्वाद किशोर किशोरी संजालको सहकार्यमा सम्पन्न भएको कार्यक्रममा सिद्धार्थ बाल क्लब प्रथम , स्टार बाल क्लब दोस्रो तथा जनता बाल क्लब भुझहवा तेस्रो तथा भुजहवा बाल क्लब सान्त्वना स्थान प्राप्त गरेका छन। सरावल गाउपालिका वडा न. ४ स्तरीय बाल संजालका अध्यक्ष सब्बिर शेखको अध्यक्ष्ता, सरावल गाउपालिकाका अध्यक्ष राधेश्याम चौधरीको प्रमुख अतिथिक्क्ता , तथा सरावल गाउपालिकाका प्रमुख प्रशासकीय अधिकृत बुद्ध पौडेल एवम् वडा न:४ का वडा अध्यक्ष छोटेलाल यादवको विशेष आथित्यत, पत्रकार रन्जीत शर्मा लगायतको आतिथ्यतामा  सम्पन्न भएको कार्यक्रममा १५ समुहको सहभागी रहेको थियो ।

 

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार