२०८३ वैशाख ५ गते शनिवार | April 18, 2026

गृहपृष्ठ पछिल्लाे तीन महिनामा ४२ लाख बराबरकाे अवैध जडीबुटी लमजुङ प्रहरीद्वारा बरामद

पछिल्लाे तीन महिनामा ४२ लाख बराबरकाे अवैध जडीबुटी लमजुङ प्रहरीद्वारा बरामद

जिल्ला प्रहरी कार्यालय लमजुङले चालु आर्थिकवर्षकाे पछिल्लाे तीनमहिनाकाे हालसम्म (भदाै र कार्तिक) मा ४२ लाख रुपैयाँ बराबरकाे विभिन्न प्रकारका १४ क्विन्टल अवैध जडीबुटी पक्राउ गरेकाे छ।

प्रहरीले गत भदाैमा अवैध रुपमा बिक्री बितरणकाे तयारीमा रहेका विभिन्न प्रकारका २२ लाख ९१ हजार ३ रुपैयाँ बराबरकाे ६ सय ९५‍.१ किलाेग्राम र यही शनिबार १९ लाख ३२ हजार २९० रुपैयाँ बराबरकाे ७ सय ५. ५ किलाेग्राम गरी कूल ४२ लाख २३ हजार दुईसय ९३ रुपैयाँ बराबरकाे १ हजार ४ सय ६ किलाेग्राम परिमाणमा अवैध जडीबुटी पक्राउ गरेकाे हाे।

भदाैकाे पहिलाे साता ठुलाे परिमाणमा अवैध जडीबुटी पक्राउ गरी दाेषीलाई कानुनी कारवाहीकाे दायरामा ल्याउन सफल भएकाे प्रहरीलाई जडीबुटीकाे परिमाणकाे तुलनामा यसपटक झन् ठुलाे सफलता मिलेकाे जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक गंगाबहादुर थापाले बताए। शनिबार मनाङबाट ग १ ज ७४५३ नम्बरकाे बलेराे पिकअप जीपमा अवैध रुपमा जडीबुटी लिएर काठमाडाैं जाँदै गरेकाे अवस्थामा बेसीशहर नगरपालिका ८ नारायणस्थानबाट पक्राउ गरिएकाे प्रनाउ थापाले बताएका छन्। सवारी परिक्षणका क्रममा लुकाईछिपाई राखेकाे अवस्थामा ७०५.५ किलाेग्राम जडीबुटी भेटिएपछि नियन्त्रणमा लिनुकाे साथै जीपचालक र जडीबुटी ल्याउने २ जनालाई पक्राउ गरिएकाे उनले जनाए। प्रनाउ थापाका अनुसार, जटामसी १६ किलाे, बुकी फूल १ सय २४ किलाे, धूपीपात ५३ किलाे, सुनपाती ९ किलाे, भाेजपत्र १३ किलाे गरी मनाङबाट ल्याईएकाे कूल २ सय १५ किलाे अवैध जडीबुटी पक्राउ गरिएकाे हाे। जडीबुटी सँगै जीपचालक दाेर्दी गाउँपालिका ८ लमजुङका ३१ वर्षीय कर्ण गुरुङ र जडीबुटी ओसारपाेसारमा संलग्न मनाङकाे नार्फु गाउँपालिका २ की ४५ वर्षीया लाम्पा छिरिङ लामा र नेस्याङ गाउँपालिका ३ की २९ वर्षीया पल्मु लामा पक्राउ परेका हुन्।

शनिबार नै अवैध जडीबुटी लुकाईछिपाइ राखेकाे सूचनाकाे आधारमा बेसीशहर नगरपालिका ८ झिंगेखाेला स्थित दुई घरमा साँझ ८ बजेतिर खान तलासी गर्दा ४४ वर्षीया शान्ताकुमारी तामाङकाे घरबाट प्रतिबन्धित जडीबुटी पाँचऔंले ८ किलाेग्राम पक्रा गरिएकाे लमजुङ प्रहरी प्रवक्ता प्रहरी निरीक्षक ओमप्रकाश पुनले जानकारी गराए।उनका अनुसार साेही ठाउँ बस्ने ४६ वर्षीय मिनबहादुर तामाङकाे घरबाट पनि पाँचऔंले ३.३ किलाेग्राम, निरमसी ५३ किलाेग्राम, मजिठाे १४ किलाेग्राम, पिप्ला २ सय ४१ किलाेग्राम, सतुवा ८.५ किलाेग्राम, जटामसी २.५ किलाेग्राम, ढालिङ १ सय ६ किलाेग्राम र कुट्की ५४ किलाेग्राम गरी कूल ४ सय ८२.५ किलाेग्राम जडीबुटी बरामद गरिएकाे हाे। मनाङबाट ल्याईएकाे र बेसीशहरमा भेटिएकाे गरी कूल ७ सय ५.५ किलाेग्राम परिमाणकाे जडीबुटी पक्राउ गरिएकाे हाे। याे १९ लाख ३२ हजार २९० रुपैयाँ बराबरकाे हुन आउने प्रहरीले जनाएकाे छ। पक्राउ गरिएका जडीबुटी र मानिसहरुलाई आवश्यक कारवाहीकाे लागि आईतबार नै डिभिजन बन कार्यालय लमजुङ पठाईएकाे पनि प्रहरी निरीक्षक पुनले जानकारी गराए।

प्रहरीले यसअघि भदाै ७ गते बेसीशहर नगरपालिका ७ बस्ने सिद्धिमाया तामाङकाे घरबाट २२ लाख ९१ हजार ३ रुपैयाँ बराबरकाे ६ सय ९५‍.१ किलाेग्राम जडीबुटी पक्राउ गरि कारवाही प्रकृयामा पठाईसकिएकाे प्रनाउ थापाले बताए। त्यतिबेला ढालिङ (गुरुङ भाषामा टलिट) ४७६.१ किलाेग्राम, वनलसुन १५४ किलाेग्राम, कुड्की २४.६ किलाेग्राम, जटामसी १४.९ किलाेग्राम, सुगन्धवाल १८.३ किलाेग्राम, सतुवा ४.४ किलाेग्राम, र वन आलु २.८ किलाेग्राम पक्राउ गरिएकाे उनले स्मरण गराए।

                            स्रोत – यात्रा समाचार

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार