२०८३ असार २० गते शनिवार | July 04, 2026

गृहपृष्ठ राज सस्थाको समर्थनमा बुटवलमा बृहत मोटरसाइकल र्‍याली

राज सस्थाको समर्थनमा बुटवलमा बृहत मोटरसाइकल र्‍याली

राजसंस्था पुनःस्थापनको माग गर्दै सोमबार रुपन्देहीमा बृहत र्‍याली प्रदर्शन गरिएको छ । वीर गोर्खाली अभियानको आयोजनामा ‘देश र श्रीपेचको रक्षा’ कोे लागि भन्दै रूपन्देहीमा मोटरसाइकल र्‍यालीसहित प्रदर्शन भएको हो । राष्ट्रिय झण्डा र पूर्व राजा-रानी ज्ञानेन्द्र-कोमल शाहको तस्वीर अंकित टिसर्ट लगाएर तिलोत्तमाको मणिग्रामबाट बुटवलको ट्राफिक चोकसम्म उक्त  र्‍याली निकालिएको हो ।
र्‍यालीमा करिब २ हजार मोटरसाइकल सहभागी रहेको आयोजकले  दाबी गरेको छ ।  रुपन्देहीमा राजसंस्थाको पक्षमा भएको यो प्रदर्शन अहिलेसम्मकै ठूलो प्रदर्शन भएको बुटवलका  स्थानीय   बासिन्दा  बताए । र्‍यालीपछि ट्राफिकचोकमा भएको कोणसभामा बोल्दै कार्यक्रम संयोजक बसन्तविक्रम पाण्डे, रुपन्देही संयोजक प्रवीन थापा, डिल्लीराज खनाललगायतले राष्ट्रिय एकता र स्थिरताका लागि राजसंस्था र हिन्दू राष्ट्र पुनः स्थापना आवश्यक रहेको तर्क गर्दै यसका लागि देशव्यापी अभियान सञ्चालन गरिने बताए ।उनीहरुले दलको नेतृत्व असफल भएको,राष्ट्रियता कमजोर बनेको र भ्रष्टाचारले सीमा नाघेको आरोप लगाउँदै राजसंस्थाको पुनःस्थापनाबाट मात्रै देशले निकास पाउने धारणा ब्यक्त  गरेका थिए ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार