२०८३ असार २० गते शनिवार | July 04, 2026

गृहपृष्ठ लागूऔषध सहित कपिलवस्तुमा एक जना पक्राउ

लागूऔषध सहित कपिलवस्तुमा एक जना पक्राउ

कपिलवस्तुमा सशस्त्र प्रहरीले प्रतिबन्धित लागूऔषध (ब्राउनसुगर) सहित एक जनालाई पक्राउ गरेको छ ।

सोमबार राती १० बजे नेपालतर्फ लागूऔषध छिराउँदै गर्दा यशोधरा गाउँपालिका-५ सुठौली नाकाबाट पक्राउ गरिएको हो । लागूऔषध सहित कपिलवस्तु नगरपालिका १० बस्ने वर्ष २३ को दीपु सिंह समातिएका हुन्।

सिंहले १४ बटा पुरियामा पोको पारी लुकाएर ल्याउँदै गरेका थिए। बरामद गरेको लागूऔषधको तौल ६१.१८ ग्राम रहेको प्रहरीले जानकारी दिएको छ।

मोबाइल गस्ती टोलीले देखेपछि शङ्काको आधारमा चेकजाँच गर्दा ब्राउनसुगर फेला परेको सशस्त्र प्रहरी बल २८ नम्बर गणका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक ध्रुवबहादुर कार्कीले बताए।

पक्राउ परेका सिंहलाई अनुसन्धानका लागी जिल्ला प्रहरी कार्यालय कपिलवस्तुमा बुझाइएको छ। लकडाउन खुलेपछि कपिलवस्तुमा लागूऔषध तस्कर समेत सक्रिय हुन थालेका छन्।

@sainamainakhabar

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार