गृहपृष्ठ ‘फुच्चे टुरिष्ट गाइड’ भनेर चिनिने कपिलबस्तु तिलौराकोटका ११ वर्षिय राहुल शाहनी सम्पर्कविहिन
‘फुच्चे टुरिष्ट गाइड’ भनेर चिनिने कपिलबस्तु तिलौराकोटका ११ वर्षिय राहुल शाहनी सम्पर्कविहिन
कपिलबस्तु तिलौराकोटका ११ वर्षिय ‘फुच्चे टुरिष्ट गाइड’ भनेर चिनिने राहुल शाहनी सम्पर्कविहिन भएका छन् ।कपिलबस्तु नगरपालिका–३ घर भएका शाहनी सोमबार विहानदेखि सम्पर्कविहिन छन् । विहान ९ बजे नजिकैको सिद्धार्थ ईं.बो.स्कूल जान हिँडेका उनी विद्यालय भित्र प्रवेश नगरेको विद्यालयले जनाएको उनका बुवा रिंकु शाहनीले बताए ।राहुलका साथी,छिमेकी र आफन्तहरु लाई सोधपुछ गरिसकेपछि पनि उनको बारे केही जानकारी नभ्एको उनले बताए ।
उनी घरबाट साइकल लिएर विद्यालय हिँडेको र घर नफर्केको बताए । यो समाचार तयार पार्दासम्म उनी सम्पर्कमा आएका छैनन् । उनको खोजी गरिदिन परिवारजनको आग्रह गरेका छन । सामान्य परिवारका ११ वर्षिय राहुल साहनी गौतमबुद्धले २९ वर्ष बिताएको स्थल तिलौराकोट आउने विभिन्न देशका पर्यटकलाई यहाँको भौतिक संरचनाका विषयमा बुझाउने गर्छन् । उनीसँग नेपाली, हिन्दी, अंग्रेजी, चिनियाँ, थाईलगायत सात देशका भाषाको ज्ञान रहेको छ ।
@tilottamacitynews






