२०८३ कात्तिक २७ गते बिहीवार | November 12, 2026

गृहपृष्ठ देशभरका झण्डै ५० भन्दा बढि रेडियोबाट चौथो काग सम्मेलन हुदै

देशभरका झण्डै ५० भन्दा बढि रेडियोबाट चौथो काग सम्मेलन हुदै

कार्तिक, २१, अर्घाखाँची। हिन्दुहरूको महान् चाड शुभ दीपावली ९ तिहार २०७७ को पहिलो दिन काग तिहारको अवसर पारेर रेडियो देउराली १०१ मेगाहर्ज अर्घाखाँचीले रेडियोको अन एयर बाटै काग सम्मेलन गरिने भएको छ ।

विभिन्न पशुपंक्षिको हुबहु आवाज निकाल्ने प्रतिभा भएका, जिल्ला युवा प्रतिभा पुरस्कार बाट समेत सम्मानित भएका रेडियो देउरालीका कार्यक्रम प्रस्तोता भुवनेश्वर अधिकारीले रेडियोको अनएयर बाट प्रत्यक्षप्रसारण मार्फत कागको आवाज निकाली कराउदा रेडियो देउरालीको स्टुडियो रहेको भवनमा राखिएको स्पिकरबाट आवाज सुनेर कागहरु वरिपरि उड्दा रेडियोको नजिक कागहरु एकत्रित हुने हास्य कलाकार अधिकारीले बताए । कार्यक्रमको रेडियो देउराली सँगै लगायत देशभरका ५० भन्दा बढि रेडियोबाट प्रशारण हुने बताइएको छ ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार